विश्व

कुवेतको आवासीय भवनमा आगलागी हुँदा ४० जनाको मृत्यु

इकागज |
जेठ ३०, २०८१ बुधबार १६:५० बजे

काठमाडौँ - कुवेतको मङ्गाफ सहरमा रहेको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । कुवेतका गृहमन्त्रीले यो घटनाको पुष्टि गरेका छन् । 

बुधबार बिहान एक बहुतले भवनमा आगलागी भएको हो । भवनको झ्यालबाट बाक्लो कालो धुवाँ निस्किरहेको देखिन्थ्यो । यो भवनमा अधिकांश प्रवासी मजदुरहरू बस्छन्। 


रिपोर्टका अनुसार मारिनेमा ५ भारतीय नागरिक पनि छन् । कुवेतका आन्तरिक मन्त्री फहद युसेफ अल सबाहले घटनास्थलको भ्रमण गरेका छन् । घटनास्थलमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्रीले भने, ‘जग्गा धनीको लोभ नै यो घटना भएको हो । कुवेती सञ्चारमाध्यमका अनुसार उक्त भवनमा क्षमताभन्दा धेरै मानिस बस्दै आएका थिए ।

गृहमन्त्रीले सम्पत्ति ऐन उल्लंघनका विषयमा छानबिन गरिने बताएका छन् । कुवेतको जनसङ्ख्याको दुई तिहाइ आप्रवासी कामदारहरू छन्। 


Author

थप समाचार
x