घटना-दुर्घटना

कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु

इकागज |
चैत १, २०८० बिहीबार १२:१७ बजे

सांकेतिक फोटो

काठमाडौं - कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका–५ का सुरतबहादुर कडायत, धनुषाको मिथिला नगरपालिकाका धीरज मगर र काठमाडौंको नागार्जुन नगरपालिकाका सुजन कार्की रहेको कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालका जानकारी दिए । 


मबुला क्षेत्रको समुन्द्री किनारस्थित सडकमा तीन नेपालीलाई कारले ठक्कर दिएको थियो । कार कुवेत नागरिकले चलाएका थिए । उनलाई स्थानीय प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ ।

 परिवार सम्पर्कमा आए सबै शव एक साताभित्र नेपाल पठाउने तयारी गरिएको उनले जानकारी दिए । 


Author

थप समाचार
x