क्रिकेट

नेपालले वेस्ट इन्डिज 'ए' विरुद्ध पहिला बलिङ गर्दै

इकागज |
बैशाख १५, २०८१ शनिबार ११:५८ बजे

काठमाडौँ- पाहुना टोली वेस्ट इन्डिज 'ए' विरुद्धको पाँच खेल टी-ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान टस जितेर नेपालले पहिला बलिङ गर्ने निर्णय गरेको हो । नेपालले वेस्ट इन्डिजलाई भने पहिला ब्याटिङका लागि निम्तो दिएको छ ।


आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपको तयारीका लागि नेपालले वेस्ट इन्डिजविरुद्ध सिरिज खेल्न लागेको हो ।


Author

थप समाचार
x