क्रिकेट

टी-ट्वान्टीमा जापानविरुद्ध मंगोलिया कीर्तिमानी १२ रनमै अलआउट

इकागज |
बैशाख २६, २०८१ बुधबार १०:३६ बजे

काठमाडौँ- टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा जापानविरुद्ध मंगोलिया १२ रनमै अलआउट भएको छ ।

घरेलु टोली जापानविरुद्धको सात खेलको टी-ट्वान्टी सिरिजको दोस्रो खेलमा बुधबार मंगोलिया १२ रनमै अलआउट भएको छ । यससँगै जापानले खेल २ सय ५ रनले जितेको छ ।


२ सय १८ रनको लक्ष्य पछ्याएको मंगोलियाले ८ ओभर २ बलमा सबै विकेट गुमाएर केवल १२ रन बनाउन सक्यो ।

टी-ट्वान्टी अन्तर्राष्ट्रियमा मंगोलियाले बनाएको यो सर्वाधिक दोस्रो कम रन हो । यसअघि स्पेनविरुद्ध इस्ले अफ म्यानले १० रन बनाएको थियो ।

मंगोलियालाई सस्तैमा समेट्न जापानका काजुमा काटो-स्टाफोर्डले सर्वाधिक ५ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनायो । जापानका लागि साबाओरिश रविचन्द्रनले सर्वाधिक ६९ रन बनाए ।


Author

थप समाचार
x