राजनीति

कानुन दिवस विविध कार्यक्रम गरी मनाइयो

इकागज |
बैशाख २६, २०८१ बुधबार १६:३५ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपालमा कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।

प्रधानन्यायालय स्थापना भएको दिनलाई नेपालमा कानुन दिवसका रुपमा मनाउने गरिन्छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ । कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले बुधबार अदालत परिसरमा बिशेष समारोहको आयोजना गरेको थियो ।


समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामशहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, कानूनमन्त्री लगाएत सरकारी उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थीतहरुलाई स्वागत गर्दै सर्वोच्च अदालतका मुख्य रजिष्टार देवेन्द्रराज ढकालले सवैधानिक सर्वोच्चता विधिको शासन, संविधानवाद र स्वतन्त्र न्यायपालीका लोकतन्त्रका आधार स्तम्भ भएको बताए । 

उनले स्वतन्त्र, निष्पक्ष न्यायपालीकामार्फतमात्रै नागरिकको हक अधिकार सम्वद्र्धन हुन सक्ने उल्लेख गरे । आगामी बर्ष भिडियो कन्फ्रसेन्सको सेवालाई सबै उच्च अदालत र केहि अदालतमा विस्तार गर्ने, विधुतिय माध्यमबाट पेशी, अनलाईन मुद्धा दर्ता लगाएतका कामको सुरुवातको तयारी भइसहेको उनले बताए । 

यपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको स्थापनाका लागि उक्त ऐनले खडा गरेको जगलाई थप मजबुत बनाउन विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । 


Author

थप समाचार
x