विश्व

कुवेतबाट ४५ जना मजदुरको शव बोकेर वायुसेनाको विमान भारत फर्कियो

इकागज |
जेठ ३२, २०८१ शुक्रबार १७:४ बजे

काठमाडौँ - भारतीय वायुसेनाको विमान कुवेतबाट ४५ भारतीयको शव लिएर फर्किएको छ ।

कुवेतको मङ्गाफ सहरमा रहेको एक आवासीय भवनमा बुधबार आगलागी भएको थियो । यस भवनमा १ सय ७६ भारतीय मजदुर बस्थे । कुवेती प्रशासनका अनुसार आगलागीमा परी ५० जनाको मृत्यु भएको छ जसमा ४५ भारतीय र ३ फिलिपिन्सका नागरिक रहेका छन् ।


बिहीबार भारतीय विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंह घटनामा मारिएकाहरूको पहिचान गरी स्वदेश फर्काउन कुवेत पुगेका थिए । हाल दुई शवको पहिचान हुन सकेको छैन ।

कुवेतमा बस्ने दुई तिहाइ मानिस विदेशी कामदार छन्। कुवेत निर्माण र घरेलु क्षेत्रमा कामका लागि बाहिरबाट आउने कामदारमा निर्भर छ । मानवअधिकारवादी संस्थाहरूले पनि श्रमिकको जीवनस्तरमा निरन्तर आवाज उठाउँदै आएका छन् ।​

मङ्गाफमा भएको आगलागीमा परी दर्जनौं मजदुर घाइते भएका छन्, जसमा ठूलो संख्यामा भारतीय रहेका छन् । परराष्ट्र राज्यमन्त्री कीर्तिवर्धन सिंहले शवको पहिचानका लागि डिएनए परीक्षण भइरहेको बताए ।


Author

थप समाचार
x