विश्व

इटालीमा दुईवटा जहाज डुब्दा ११ जनाको मृत्यु, ६० भन्दा बढी बेपत्ता

इकागज |
असार ४, २०८१ मंगलबार १५:११ बजे

रोम - दक्षिणी इटालीको तटमा दुईवटा जहाज डुब्दा ११ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी बेपत्ता भएका छन् । घटनास्थलमा उपस्थित उद्धार टोलीले यस्तो जानकारी दिएको हो ।

 ५१ जनाको सोमबार उद्धार गरिएको जर्मन सहायता समूह रेसक्युसिपके जनाएको छ । 


नादिर उद्धार जहाज सञ्चालन गर्ने जर्मन सहायता समूह रेस्युो सिपले डुबेको काठको डुङ्गाबाट ५१ जनालाई उद्धार गरेको र जहाजबाट अन्य १० जनाको शव फेला पारेको बताएको छ। 

 “चालकदलले डुङ्गाबाट निकालिएका ५१ जनाको “हेरचाह“ गरिरहेका थिए। १०  जनाको उद्धारका लागि भने धेरै ढिलो भइसकेको थियो । उद्धार गरिएका मध्ये दुईजना बेहोस अवस्थामा थिए“, सामाजिक सञ्जाल एक्समार्फत रेस्युिलसिपले जानकारी गरायो  ।

युरो न्यूजका अनुसार उत्तर अफ्रिका नजिकैको दक्षिणी इटालियन टापु मानव तस्करीको लागि लक्षित प्रसिद्ध गन्तव्य हो जहाँ गत वर्ष एक लाख २७ हजार  आप्रवासीहरू आइपुगेका थिए।


Author

थप समाचार
x