विश्व

इटालीलाई हराउँदै स्वीजरल्याण्ड युरोकपको क्वाटरफाइनलमा

इकागज |
असार १६, २०८१ आइतबार ७:१७ बजे

काठमाडौँ - स्वीजरल्याण्ड जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ ।

युरोकपको राउण्ड १६ को खेलमा इटालीलाई २-० गोल अन्तरले पराजित गर्दै स्वीजरल्याण्ड क्वाटरफाइनलमा पुगेको हो । स्वीजरल्याण्डको जितमा रिमो फ्रेउलेर र रुबेन भार्गासले एक एक गोल गरेका थिए ।


योसँगै युरोकपको डिफेन्डिङ च्याम्पियन इटाली यस बर्षको युरोकपबाट बाहिरिएको छ ।

अब क्वाटरफाइनलमा स्वीजरल्याण्डले इङल्याण्ड र स्लोभाकियाबीचको विजेतासँग खेल्ने छ ।
       


Author

थप समाचार
x