विश्व

समुन्द्रमा तैरिरहेको बोतलमा भेटिएको सामग्री खाँदा श्रीलंकाका पाँच मछुवाको मृत्यु

इकागज |
असार १६, २०८१ आइतबार २१:३४ बजे

कोलम्बो- शनिबार समुद्रमा तैरिरहेको बोतलमा भेटिएको सामग्री खाएका पाँच श्रीलंकाली मछुवाको आइतबार दिउँसो मृत्यु भएको नौसेनाका प्रवक्ता क्याप्टेन गायन विक्रमसुरियाले बताएका छन् ।

उनले भने, 'पीडितहरू टङ्गले फिशरीज हार्बरबाट यात्रा गर्ने छ जना चालक दलका सदस्य हुन् । उनीहरूले तटीय क्षेत्रबाट करिब तीन सय २० नटिकल माइल टाढा उक्त बोतल फेला पारेको र त्यसमा मदिरा भएको मानिने सामग्री गरेका थिए ।'


विक्रमसूर्याले एक जना बाँचेको अवस्था गम्भीर रहेको र अहिले आकस्मिक उपचार भइरहेको जानकारी दिए । सिन्ह्वा


Author

थप समाचार
x