विश्व

अफगानिस्तानमा ६९ तालिबान लडाकु मारिए

इकागज |
असार २४, २०७८ बिहीबार १९:४९ बजे

काबुल : अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परि थप ६९ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीहरुले तालिबान लडाकूहरु विरुद्ध गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएका हुन । मारिएका सवै तालिबान लडाकु नै भएको दाबी गरिएको छ । सुरक्षा कारबाहीका क्रममा अरु २३ जना घाइते समेत भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन । 

सुरक्षा कारबाहीपछि सरकारी सुरक्षाकर्मीहरुले क्‍वाला ए नाव सहर आफ्नो नियन्त्रणमा लिइएको दाबीसमेत गरेका छन् । यसअघि सो सहर तालिबान लडाकूहरुले नियन्त्रणमा लिएको घोषणा गरेका थिए । 
“क्वाला ए नाव सहरलाई सुरक्षाकर्मीहरुले बुधबार आफ्नो नियन्त्रणमा लिएका छन, त्यसअघि सुरक्षाकर्मीहरुले तालिबान लडाकूहरुविरुद्ध सुरक्षा कारबाही चलाएका थिए,” रक्षा मन्त्रालयद्धारा जारी वक्तव्यमा लेखिएको छ । 


पश्चिमी बद्घीस प्रान्त अन्तर्गत पर्ने त्यस ठाउँमा लामोसमयदेखि तालिवान लडाकूहरुको प्रभाव रहदै आएको मानिन्छ । अफगानिस्तानमा लामो समयदेखि आन्तरिक द्धन्द्ध चलिरहेको छ भने द्धन्द्ध अन्त्यका लागि भन्दै वार्ताको प्रयासहरु पनि भइरहेका छन् । (रासस)
 


Author

थप समाचार
x