अफगानिस्तानका आधा मानिसलाई मानवीय सहायतको आवश्यकता : राष्ट्रसंघ
काबुल : लामो समयदेखि द्वन्द्वग्रस्त मुलुक अफगानिस्तामा आधा मानिसलाई मानवीय सहायता आवश्यक रहेको तथ्य सार्वजनिक भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय निकायले निरन्तर हिंसात्मक घटना भइरहेकाले देशको कूल जनसङ्ख्याको आधा मानिसलाई मानवीय सहायता आवश्यक रहेको तथ्य सार्वजनिक गरेको हो ।
मानवीय सहायता आवश्यक परेकामध्ये पाँच वर्षमुनिका बालबालिका पनि अग्रसूचीमा रहेका छन् । अफगानिस्तानका धेरै बालबालिकालाई कुपोषणको समस्या रहेको राष्ट्रसङ्घीय निकायले जनाएको छ ।
त्यसैगरी कोरोनाभाइरसलगायतका रोग तथा विभिन्न प्रकोप पनि मानवीय सहायता आवश्यकताका कारण रहेका छन् ।
अफगानिस्तानका लागि राष्ट्रसङ्घको महासचिवका उपविषेश प्रतिनिधि रामिज अल्काब्रोभले आक्रमण र मृत्युका घटनाहरु भइरहेकाले मानवीय सहायता आवश्यक पर्नेहरुको सङ्ख्या बढ्दै गइरहेको उल्लेख गरेका छन् ।
उनले मानवीय सहायता आवश्यक परेका मानिसलाई सहयोगका लागि सबैलाई आह्वानसमेत गरेका छन् । (एएनआई)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया