विश्व

चीनको पूर्वी प्रान्तमा भवन भत्किँदा ८ जनाको मृत्यु, नौ जना हराए

इकागज |
असार २९, २०७८ मंगलबार १६:५५ बजे

नानजिन : चीनको पूर्वी प्रान्त जियान्सुको सुजोउ भन्ने स्थानमा रहेको एक अस्पताल भवन भत्किँदा त्यसमा रहेका आठ जना नागरिकको ज्यान गएको छ । सो भवन सोमबार अपरान्ह भत्किएको थियो । त्यसमा परेर आठ जनाको मृत्यु भएको छ भने अरु नौ जना हराइरहेका पनि बताइएको छ । जियान्सु प्रान्तका अधिकारीहरुले मंगलबार सो कुराको जानकारी दिएका पनि बताइएको छ ।

सोमबार अपरान्ह सो भवन भत्किँदा त्यसमा रहेका करिब २३ जना नागरिक च्यापिएका थिए । तीमध्ये ९ आठ जनाको निधन भएको छ भने अरु नौ जना अझै पनि भवनभित्रै च्यापिएका छन् । अरुको सकुशल उद्धार गरी निकालिएको थियो ।


त्यसमा च्यापिएकाहरूको उद्धारका लागि सुरक्षाकर्मी तथा अन्य उद्धारकर्मीहरूले काम गरिरहेका छन् । त्यसैगरी सो भवन के कति कारणले भत्किएको हो भन्ने बारेमा अनुसन्धान शुरु भएको पनि प्रहरीले जानकारी दिएको छ ।

उक्त होटलको भवन के कसरी निर्माण गरिएको थियो भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । रासस
 


Author

थप समाचार
x