विश्व

अफगानिस्तान सरकार तालिबानलाई सत्ता हस्तान्तरण गर्न तयार

इकागज |
साउन ३१, २०७८ आइतबार १९:९ बजे

तस्बिर खामा प्रेसबाट

काठमाडौँ – अफगानिस्तानको राष्ट्रपति निवासमा विद्रोही तालिबानसँगको छलफलमा राष्ट्रपति असरफ घानीले सत्ता हस्तान्तरण गर्न तयार भएका छन् । तालिबानसँगको वार्तामा बस्नुअघि राष्ट्रपतिले राष्ट्रिय र अन्तराष्ट्रिय दुवै तहमा सघन छलफल गरेका थिए । 

उच्च राष्ट्रिय मेलमिलाप परिषद्का प्रमुख अब्लुल्लाह अब्दुल्लाहको मध्यस्ततामा वार्ता भएको थियो ।  स्रोतका अनुसार अलिअहम्मद् जलाली अन्तरिम सरकारका प्रमुख नियुक्त हुँदै छन् । कार्यबाहक परराष्ट्रमन्त्रीले भने छुट्टै भिडियो सन्देशमा काबुलका बासिन्दालाई आश्वस्त तुल्याउँदै सहरको सुरक्षा गरिरहेको बताएका थिए । त्यस्तै तालिबानले पनि काबुलका बासिन्दा  आतंकित नहुन आग्रह गर्दै उनीहरुको काबुल प्रवेश शान्त हुने बताएका थिए । 



Author

थप समाचार
x