विश्व

अमेरिकी विदेशमन्त्रीको ‘चाइना थ्रेट’ पुरानो धुनको पुनरावृत्ति

अजय अलौकिक |
कात्तिक ११, २०७७ मंगलबार २१:४४ बजे

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ

बेइजिङ : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ मङ्गलबार भारत भ्रमण सकेर श्रीलंका पुगेका  छन्। पोम्पेओकाे भारत भ्रमणसँगै ‘चाइना थ्रेट’को चर्चा फेरि सुरू भएकाे छ । माइक पोम्पेओले आफ्नो एसिया भ्रमण ‘चाइना थ्रेट’ मा केन्द्रीत रहने बताएका थिए ।

भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री पोम्पेओले नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् । साथै भारत र अमेरिकाबीच दुई मुलुकका सेनाबीच सूचना आदानप्रदान सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर गरिएको पनि भारतीय सञ्ञ्चार माध्महरूले जनाएका छन् ।


तर चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले पोम्पेओको भारत भ्रमण क्रममा गरिएको ‘चाइना थ्रेट’ को चर्चा पुरानो धुनको पुनरावृत्ति मात्र भएको बताएका छन् । पोम्पेओमा शीत युद्धको विचार पलाएको वा वैचारिक पूर्वाग्रह देखिएको पनि वाङ वनपिनले औंल्याए ।

अक्टोबर २७ मा आयोजित चीनको परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा एक रिपोर्टरको प्रश्नको जवाफमा प्रवक्ता वनपिनले पोम्पेओको चीनप्रति निन्दा गर्नु कुनै नयाँ कुरा नभएको पनि बताए । साथै प्रवक्ता वनपिनले ‘चाइना थ्रेट’को प्रसङ्गलाई बन्द गर्न तथा चीन र अन्य देशबीचको सम्बन्धमा बाधा तथा खलल नपुर्याउन तथा क्षेत्रीय शान्ति र स्थिरतालाई भंग गर्ने गल्ती नगर्न पनि आह्वान गरे ।


Author

थप समाचार
x