जात्रा-पर्व

सुदूरपश्चिममा धुमधामसँग गौरा पर्व मनाइँदै

इकागज | भदौ १८, २०७९

कैलाली - आज गौरा पर्वको मुख्य दिन सुदूरपश्चिममा धुमधामसँग मनाइँदैछ । अठ्यावाली (दुर्वाष्टमी) का दिन गौरामाताको पूजाआजा गरिन्छ भने हिजो विवाहित व्रतालु महिलाहरुले चढाएको दुबोधागो आज ग्रहण गर्ने गर्दछन् ।

आजका दिन महिलाहरू व्रत बसेर शिव र पार्वतीको पूजापाठ गर्ने, हिजो गौरा घरमा लगिएकी गौरालाई टाउकोमा राखेर खेल खेल्दै पूजा गरी बिरुडा सिरमा चढाउने गर्दछन् । गौरा पर्वको पहिलो दिन महिलाहरुले तामा वा पित्तलका भाँडामा पाँच प्रकारका अन्न गहुँ, केराउ, गहत, मास र गुराँस मिसाएर भिजाउने गर्दछन् ।

जसलाई बिरुडा भन्ने गरिन्छ । पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने गर्दछन् भने सप्तमीका दिनमा गौरालाई भित्र्याउने गर्दछन् ।

गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन गौराको विशेष पूजा गर्ने चलन रहीआएको छ । यो पर्वमा खास गरेर विवाहित महिलाहरुले व्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । यहाँ रहेका मठमन्दीरहरुमा आजको दिन विशेष पुजाआजा गरि देउडा समेत खेल्ने गरिन्छ ।

गौरा पर्व मनाइँदै

इकागज | भदौ १८, २०७९

काठमाडौँ - उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र कर्णालीबासीले आज उज्याली गौरा एवं दुर्व...

पशुपतिनाथको पूर्वी मूलढोका १५ वर्षपछि भक्तजनका लागि खोल्ने तयारी

इकागज | भदौ १३, २०७९

काठमाडौँ - पशुपति क्षेत्र विकास कोषले यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने...