फुटबल

मिलानलाई पाँच अंकको अग्रता, युभेन्ट्स विजयी

इकागज | फागुन २९, २०७८

काठमाडौँ- इम्पोलीविरुद्ध १-० अन्तरको जितसँगै इटालियन सिरी ए फुटबलमा एसी मिलानले शीर्षस्थानमा पाँच अंकको अग्रता बनाएको छ । शनिबार राति घरेलु मैदान सान सिरोमा भएको खेलमा मिलानलाई जिताउन पिएरे कालुलुले खेलको १९औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

जितसँगै शीर्ष स्थानको मिलानले २९ खेलबाट ६३ अंक जोडेको छ । दुई खेल कम खेलेको दोस्रो स्थानको इन्टर मिलनको ५८ अंक छ । इम्पोली ३२ अंक जोडेर १३ औं स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा युभेन्ट्सले साम्पडोरियालाई ३-१ अन्तरले पराजित गर्दै शीर्ष चारमा बलियो पकड जमायो । भ्रमणकारी टोली युभेन्ट्सको जितमा अल्भारो मोरटाले दुई गोल गरे । एक गोल उपहार पायो । साम्पडोरीयाका माया योसिदाले आत्माघाती गोल गरे । जितसँगै युभेन्ट्स २९ खेलबाट ५६ अंकसहित चौथो स्थानमा छ । 

इंग्लिस प्रिमियर लिग : रोनाल्डोको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडको जित

इकागज | फागुन २९, २०७८

काठमाडौँ - इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले टोटेनहम हट्सपरलाई...

बेन्जेमाको ह्याट्रिक

इकागज | फागुन २६, २०७८

काठमाडौँ- फ्रेन्च फरवार्ड करिम बेन्जेमाको ह्याट्रिक प्रेरित  रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिगको ...

सिटीको सानदार जित

इकागज | फागुन २४, २०७८

काठमाडौँ- केबिन डे ब्रुयने र रियाद मेहरेज चम्किएपछि इग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्वीमा म्यानच...

इन्टर शीर्षस्थानमा

इकागज | फागुन २४, २०७८

काठमाडौँ- लौटारो मार्टिनेजको ह्याट्रिकसँगै रेलिगेशनको दबाबमा रहेको सेलनिटानामाथि ५-० को सानदार जितस...