अनियमितता

घुस लिएको आरोपमा मावि एकडाराका अध्यक्ष र प्रधानाध्यापक अख्तियारको नियन्त्रणमा

इकागज | जेठ १९, २०७९

काठमाडौं– महोत्तरीको मावि एकडाराका प्रधानाध्यापक र अध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । विद्यालयको मैदान निर्माणका क्रममा घुस माग गरेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवान र प्रधानाध्यापक रामदिनेश मण्डललाई नियन्त्रणमा लिइएको हो ।

विद्यालयको खेल मैदान निर्माणका लागि मधेश प्रदेशबाट पचास लाख रुपैयाँ विनियोजन भएकोमा अध्यक्ष र प्रधानाध्यापकले अवरोध सिर्जना गरेका थिए । विनियोजित रकमको ७ प्रतिशत घुस उनीहरुले मागेका हुन् ।

सो रकममध्येबाट ५० हजार रुपैयाँ लिइसकेकालाई उनीहरुलाई अख्तियारले नियन्त्रणमा लिएको हो । उनीहरुलाई आज जलेश्वर नगरपालिका–२ स्थित एक रेष्टुरेन्टबाट पचास हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको हो ।

नक्कली बिल बनाउने संस्थाका अध्यक्ष र सामाजिक परिचालकविरुद्ध मुद्दा दायर

इकागज | जेठ १९, २०७९

सुर्खेत- नक्कली बिल भर्पाइ बनाउने नेपाल नागरिक समाज (सिस नेपाल) सुर्खेतका अध्यक्ष र सामाजिक परिचाल...

गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | जेठ १३, २०७९

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अध...

सेवावधि थप गर्न घुस लिने प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | जेठ १२, २०७९

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट श्रीविश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्...