प्रदेश / स्थानीय सरकार

मेयरमा उम्मेदवारी दिन प्रदेश सांसद सुवेदीले दिए राजीनामा

इकागज | बैशाख ८, २०७९
मकवानपुर । आसन्न स्थानीय तह निर्वाचन -२०७९ मा उम्मेदवार बन्ने पक्का भएपछि बागमती प्रदेशका प्रदेश सांसद बिजय सुबेदीले पदबाट राजीनामा दिएका छन् ।  सुबेदीले आज बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।  प्रदेश सांसद सुबेदी नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको मेयर पदमा सर्वसम्मत सिफारिस भएका छन् । गत स्थानीय निर्वाचनमा एमालेका देवी ज्ञवाली भरतपुरमा नेपाली कांग्रेस र न...