बिचौलियारहित र पारदर्शी ढङ्गले खोप आपूर्ति गर्न आग्रह

काठमाडौँ : सरकारले कमिसन एजेन्ट (विचौलिया)लाई सहभागी गराउँदा कोभिड–१९ विरुद्धको खोप खरिदमा जटिलता उत्पन्न भएको सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्राणरक्षक खोपको आपूर्ति विचौलियारहित र पारदर्शी बनाउन आग्रह गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज ध्यानाकर्षण पत्र बुझाउँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ संक्रमण र भविष्यमा नयाँ भेरियन्टबाट हुन सक्ने तेश्रो चरणको संक्रमणबाट नेपाली जनतालाई सुरक्षित राख्न तत्काल खोपको प्रबन्ध गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेसले खोप खरिदका लागि कुटनैतिक पहल तीव्र पार्न आग्रह गर्दै ‘खोपको आपूर्ति गर्ने व्यवस्था विचौलियारहित र पारदर्शी ढङ्गले गर्न’ माग गरेको छ ।
सरकारले यसअघि भारतको सिरम इन्स्टिच्यूटसँग खरिद गर्न लागेको खोपका लागि अग्रिम भुक्तानी भैसकेको २० मध्ये १० लाख खोप आपूर्ति हुन बाँकी छ । जसका कारण पहिलो मात्रा खोप लाइसकेका ६५ वर्ष माथि उमेर समूहका नागरिकलाई दोस्रो मात्रा खोप दिने सम्बन्धमा अन्यौल छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले नेपाल सरकारले सिरम इन्स्टिच्यूटसँग सीधै खरिद गर्न लागेको अतिरिक्त ५० लाख डोज खोप कमिसन एजेन्टले भाँडेको सार्वजनिक अभिव्यक्ति दिदैं आएका छन् । पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकालले खोपमा १० प्रतिशत कमिसन दिनेगरी कमिसन एजेन्टलाई खोप खरिदमा प्रवेश गराएका थिए ।
भारतमा कोभिड–१९ को दोस्रो लहरका कारण भारत सरकारले खोप निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको छ । खोप उत्पादक सिरम इन्स्टिच्यूटले हालै एक वक्तव्य जारी गरी यस वर्षको अन्त्यबाट खोप निर्यात गर्न सकिने उल्लेख गरेको छ ।
औषधी व्यवस्था विभागले निजी क्षेत्रका कम्पनीलाई भारतमा सिरमले उत्पादन गरेको कोभिशील्ड तथा भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिन खोपका अतिरिक्त रुसको गामालिया सेन्टरले उत्पादन गरेको स्पुतनिक फाइभ भ्याक्सिन ल्याउन अनुमति दिएको छ । अहिलेसम्म चिनियाँ खोपलाई भने निजी क्षेत्रले ल्याएर बेच्ने गरी औषधी व्यवस्था विभागले अनुमति दिएको छैन ।
याे पनि :
यस्तो छ सिरमसँग खोप खरिदमा ‘बिचौलिया कनेक्सन’को अन्तर्कथा
खोप खरिदको अन्तर्कथा- २ : पूर्वस्वास्थ्यमन्त्री ढकालले गरेका थिए कमिसन दिने समझदारी
खोप खरिदको अन्तर्कथा-३ : सिरमको पत्र फागुन १९ मा आयो, तर वैकल्पिक आपूर्तिको किन टुंगो लागेन ?
खोप खरिदको अन्तर्कथा–४ : फ्याक्ट्री आगलागी भएपनि एक महिनापछि पठाएको थियो सिरमले १० लाख डोज खोप
अब खोप खरिदको नेतृत्व उपप्रधानमन्त्री पोखरेलले गर्ने
भारतीय अदालतले भन्यो : संक्रमितले अक्सिजन नपाएर ज्यान गुमाउनु नरसंहारभन्दा कम होइन !
सर्विया : जहाँ प्रधानमन्त्री र मन्त्रीहरूले छुट्टाछुट्टै स्रोतबाट खोप जुटाए
खोपमा कमिसनको चक्करले खर्च भएन स्वास्थ्य मन्त्रालयको बजेट
स्वास्थ्यकर्मीलाई भत्ता छैन, दलाललाई कमिसन !
सरकारले कुनै निश्चित कम्पनीबाट खरिद गर्ने भएपछि बिचौलिया राख्न पाइँदैन
के अब स्वास्थ्य मन्त्रीले चिसै पानीले नुहाउन लागेका हुन् ?
जङ्गबहादुरको पालाभन्दा कमजोर प्रशासन, प्राणरक्षक खोपको आपूर्तिमा अवरोध गर्दापनि कारबाही हुँदैन

लाजिम्पाटको प्रफेक्ट कलेक्सन ९ औँ वर्षमा, जहाँ पाइन्छन् थरीथरीका आइटम लुगाहरू

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३१ औं कार्गो दिवस मनाउँदै

आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण सुरू

सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज

आज कति छ विदेशी मुद्राको विनिमय दर ?

आन्तरिक राजस्व कार्यालय भैरहवाद्वारा १३ अर्ब राजस्व सङ्कलन

प्रतिक्रिया