भूकम्पमा घाइतेको उद्धारका लागि १२ सय सुरक्षाकर्मी परिचालन
सुर्खेत- गएराति जाजरकोट केन्द्र भएर गएको ६.४ रेक्टरको भूकम्पले क्षति पुर्याएपछि उद्धारको लागि तीन वटै सुरक्षा निकायको टोली घटनास्थलमा खटिएका छन् ।
उद्धारका लागि १२ सय भन्दा बढी सुरक्षाकर्मीहरू परिचालन गरिएका छन् । नेपाल प्रहरीका ८ सयभन्दा बढी प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ ।
नेपाल प्रहरीको तर्फबाट रूकुम पश्चिममा डिएसपीको कमान्डमा तीन सय २० जना र जाजरकोटमा डिएसपीको कमान्डमा चार सय ५० जनाको टोली खटिएको छ ।
चौरजहारी बेस क्याम्पबाट १०–१० जनाको टोली जाजरकोट र रूकुम पश्चिमका लागि खटिएको प्रहरी केन्द्रीय कार्यालयले जानकारी दिएको छ । त्यसैगरी सेनाको टोली पनि उद्धारमा खटिएको छ ।
र, यो पनि

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

प्रतिक्रिया