क्रिकेट

नेपाल र ओमानबीचको खेलको टिकटबाट उठ्ने आधा रकम भूकम्प पीडितलाई दिइने

इकागज |
कात्तिक १८, २०८० शनिबार १०:१८ बजे

तस्बिरः क्यान

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप एसिया क्षेत्रीय छनोटअन्तर्गत नेपाल र ओमानबीच खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत भुकम्प पीडितलाई दिने भएको छ ।

विश्वकपमा स्थान बनाइसकेका नेपाल र ओमानबीचको फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार ११ बजेबाट सुरु हुने तालिका रहेको छ ।


सोही खेलको टिकटबाट उठ्ने रकममध्ये ५० प्रतिशत भुकम्प पीडितलाई दिइने क्यानले एक प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।

क्यानले उक्त रकम जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भुकम्प परी ज्यान गुमाएका तथा घाइते परिवारलाई उक्त रकम दिने भएको हो ।

क्यानले भुकम्पमा परि मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

र, यो पनि


Author

थप समाचार
x