लुम्बिनी

भेरी अस्पतालले थाल्यो भूकम्पमा घाइतेको उपचार

इकागज |
कात्तिक १८, २०८० शनिबार ९:४६ बजे

बुटवल- जाजरकोट भूकम्पका घाइतेहरूको भेरी अस्पताल नेपालगन्ज उपचार शुरु भएको छ । अस्पतालमा पहिलो घाइते भेरी न.पा.३ खलंगा , जाजरकोट निवासी विमलकुमार कार्कीको खुट्टा भाँचिएको अवस्थामा एम्बुलेन्समार्फत आइपुगेको  अस्पतालले जनाएको छ । उनको उपचार शुरु भएको छ । 

भेरी अस्पताललाई डेडिकेटेड अस्पतालको रुपमा विकास गरि सवै घाइतेलाई एकीकृत सेवा दिने प्रबन्ध मिलाएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले इकागजलाई बताए । यसैगरी आवश्यक व्यवस्थापकीय निर्णयहरू गर्न अहिले १० बजे जिल्ला विपद व्यवस्थापन समिति बाँकेको आकस्मिक बैठकसमेत बस्दैछ ।


र, यो पनि


Author

थप समाचार
x