कर्णाली

जाजरकोट भूकम्प : मृत्यु हुनेको संख्या १३२ पुग्यो, घाइतेहरूको सुर्खेतमा उपचार हुँदै

इकागज |
कात्तिक १८, २०८० शनिबार १२:५ बजे

सुर्खेत- जाजरकोट केन्द्रविन्दु बनाएर आएको भूकम्पमा परेर हालसम्म १३२ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी प्रभावित रहेको जाजरकोट र रुकुम पश्चिममा गएराति ६.४ रेक्टर स्केलको भूकम्पमा परी उनीहरूको ज्यान गएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यसैबीच प्रदेश सरकारले घाइतेहरूको उद्वार कार्य गर्न सुरु गरेको छ भने यो समाचार तयार पार्दासम्म प्रदेश अस्पताल कालागाउँमा १३ जना घाइते ल्याई उपचार गर्न सुरु गरिएको छ ।


जाजरकोटमा मात्रै ९५ जनाको मृत्यु र ५५ जना घाइते छन् । रूकुम पश्चिममा ३७ जनाको मृत्यु र ८५ जना घाइते छन् ।

र, यो पनि


Author

थप समाचार
x