दल

वर्तमान सरकार निरन्तर अगाडि बढ्ने : अध्यक्ष नेपाल

इकागज |
बैशाख २६, २०८१ बुधबार २०:५५ बजे

फाइल फाेटाे

काठमाडौँ  - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकार निरन्तर अगाडि बढ्ने बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले सरकार अहिलेजस्तै निरन्तर चलिरहने बताएका हुन् । उनले पार्टीले सरकारलाई आगामी नीति तथा कार्यक्रमका साथै बजेटका बारेमा सुझाव दिन लागेको बताए । 


रोजगारी सिर्जना गर्ने र मुलुकलाई आर्थिक रुपमा सवल गर्ने क्षेत्रलाई प्राथमिकतामा राख्ने गरि सरकारले कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए । त्यस्तै उनले नारायणहिटीलाई इतिहासलाई झल्काउने गरि संग्रहालयको रुपमा थप विकसित गर्नुपर्ने र त्यहाँले रहेका सरकारलाई कार्यालयलाई हटाउनुपर्ने बताए । 

उनले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउँदै अघि बढ्नुपर्ने धारणा राखे । 


Author

थप समाचार
x