दल

भूकम्प प्रभावित जिल्लमा उद्धार र राहतको कार्यमा संलग्न हुन कांग्रेस सभापति देउवाको अपील

इकागज |
कात्तिक १८, २०८० शनिबार १०:४७ बजे

काठमाडौँ– भूकम्प प्रभावित जिल्लामा उद्धार र राहतको कार्यमा संलग्न हुन कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारसँग माग गरेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले सरकारसँग यस्तो माग गरेका हुन् । 

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडा केन्द्रविन्दू भएर शुक्रबार राति ११ः४७ मा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । जसका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति भएको र सयौंको संख्यामा घाइते भएका छन् । सभापति देउवाले कांग्रेसको तर्फत्राट घटनाप्रति दुःखसमेत व्यक्त गरेका छन्  । 


‘भूकम्पबाट प्रभावितहरुलाई सुरक्षित स्थल तर्फ तत्काल स्थानान्तरण गर्न, युद्धस्तरमा उद्धारको कार्य गर्न, घाइतेहरुको उपचार र राहतको कार्यमा सक्रियता साथ परिचालन गर्न प्रधानमन्त्री लगायत नेपाल सरकारसँग जोडदार माग गर्दछु,’ सभापति देउवाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

सभापति देउवाले नेपाली कांग्रेसका सम्पूर्ण पार्टी निकायलाई भूकम्प प्रभावित क्षेत्रमा सक्रियतापूर्वक उद्धार, राहत र पुनर्निर्माणमा जुट्नसमेत निर्देशन दिएका छन् ।

 

र, यो पनि
 


Author

थप समाचार
x