फोटो फिचर

मौसम

सात फोटोमा हेर्नुहोस पानी परेको साँझको काठमाडौँ (फोटो फिचर)

सरोज बैजु |
चैत १८, २०७७ बजे

काठमाडौँ : वायु प्रदूषणले उकुसमुकुस भएका बेला काठमाडौँ उपत्यकामा पानी परेको छ । बुधबार साँझ उपत्यकामा पनि पानी परेको हो । पानी परेपछि प्रदूषणले अवस्था असामान्य भएको काठमाडौँ केही शिथिल देखिएको छ । 


मौसमविदले हल्का पानी पर्ने सम्भावना रहेको बताएपनि उपत्यकामा भने केही समयसम्म झमझम पानी पर्‍यो । पानी परेपछि आफ्नो गन्तव्यमा हिडेका केही यात्री भिजे । केही भने छाता ओढेर आफ्नो गन्तव्यमा लागे । 

सिमसिम पानीमा कोही भिज्दै, फोनमा कुरा गर्दै घर फर्किदै थिए । अचानक पानी परेपछि सर्वसाधारणलाई घरसम्म जान केही मुश्किल पनि भयो । तर हप्ता दिनदेखि प्रदूषणका कारण श्वास फेर्न गाह्रो भएका काठमाडौँबासीलाई भने यो पानीले थोरै भएपनि राहत दिएको छ । 

 पानी परेपछि वायु प्रदुषणले ढाकेको उपत्यकाको मौसम बिहीबारदेखि खुल्ने अनुमान गरिएको छ । यद्यपी वनमा लागेको डढेलो नियन्त्रणमा आईनसकेकाले प्रदूषण फेरि बढ्न सक्ने मौसमविदको अनुमान छ । 

 



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार