फोटो फिचर

फोटो फिचर

काठमाडौँमा मिटरब्याज पीडित किसानको प्रदर्शन : काँधमा हलो बोकेर सिंहदरबार घेर्न पुगे

कमल विष्ट |
चैत २०, २०७९ बजे

काठमाडौँ- ​मिटरब्याज पीडित किसानहरूले प्रदर्शन गरेका छन् । सोमबार देशभरबाट आएका पीडित किसानले काठमाडौँको माइतीघर मण्डलामा मिटरब्याज साहुविरुद्ध प्रदर्शन गरेका हुन् । 


प्रदर्शनकारीहरूले सिंहदरबार घेर्न र्‍याली पनि गरेका थिए । तर, हातमा विभिन्न नारा लेखिएका प्लेकार्डसहित नाराबाजी गर्दै माइतीघरदेखि हिँडेका उनीहरूलाई प्रहरीले भद्रकालीमै रोक्यो । अगाडि बढ्न नदिएपछि किसानहरूले सडकमा मञ्च बनाएर सिंहदरबारतिर फर्किएर नारा लगाए । 

‘मिटरब्याजी साहुलाई कारबाही गर, किसानको भूमि फिर्ता गर, फर्जी तमसुक खारेज गर, झुटा आश्वासन बन्द गर, दृष्टिबन्धक खारेज गर, सम्पूर्ण किसानहरू एक हौँ, हाम्रो आन्दोलन जारी छ’ लगायतका नाराहरू उनीहरूले लगाएका थिए । आन्दोलनका क्रममा पीडितहरूले हलो, कोदालीसमेत बोकेका थिए ।​

त्यसो त सरकारले मिटरब्याजी पीडितसँग शनिबार पाँच बुँदे सम्झौता गरेको छ । तर, सरकारले आफूहरूसँग यसअघि पटकपटक गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै उनीहरूले आन्दोलन जारी राखेका हुन् । यसपालिको प्रदर्शनलाई उनीहरूले ‘निर्णायक संघर्ष’ नाम दिएका छन् ।


 



Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।

थप समाचार