फोटो फिचर

(फोटो फिचर)

हाँडीगाउँमा ‘खड्ग’ जात्रा

अनुज बज्राचार्य |
भदौ १६, २०८० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- काठमाडौँकाे हाँडीगाउँमा शनिबार ‘पायो’ जात्रा अर्थात ‘खड्ग’ जात्रा मनाइएको छ । हरेक वर्ष ‘साँपारु’ अर्थात गाईजात्राको अर्को दिन हाँडीगाँउमा याे जात्रा मनाइने गरिन्छ ।


लिच्छवीकालीन समयदेखि मनाइँदै आएको​ याे जात्रामा दायाँ हातमा खड्ग र बायाँ हातमा चोलो लिएर जात्रा प्रहसन गर्ने चलन रहिआएकाे छ । उक्त जात्राले नकारात्मक उर्जा हटाउने, शान्ति कायम हुने र मानिसको दु:ख हरण गर्ने जनविश्वास चलिआएको छ । 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार