फोटो फिचर

पोखरीमा बाख्रा डुबाएर लुछाचुँडी गर्ने अनौठो जात्रा [फाेटाेफिचर]

अनुज बज्राचार्य |
भदौ १६, २०८० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- ललितपुरको खोकनास्थित देवपोखरीमा नेवार समुदायले गाईजात्राको भोलिपल्ट मनाउने देवपोखरी जात्रा अनौठो छ ।


शनिबार रुद्रायणी मन्दिर र पोखरी आसपासमा देवपोखरी जात्रा हेर्ने मानिसहरूकाे भिडमा एक युवा देखिन्छन् । जसको काँधमा हुन्छ कालाे र सेताे रंगको पाठी । ती युवा सरासर पोखरी छेउ पुग्छन् र काँधमा रहेकाे पाठी बोकेरै पोखरीमा हाम फाल्छन् । अन्य युवाहरू पनि पोखरीमा थपिन्छन् र बाख्रालाई पोखरीमा डुबाउँछन् । यसरी सुरु हुन्छ याे जात्रा ।

पौडीबाज युवाहरूको हातबाट फुत्केर सास फेर्न पाठी अनेक प्रयत्न गरे पनि युवाहरूकाे याे जमातले पाठीलाई फेरि पानीमुनि दबाउँछन् ।

र, अब सुरु हुन्छ बाख्रा खोसाखोसको क्रम । १५–२० जना युवाहरू भिन्नभिन्न समूहमा बाँडिएर मरिसकेको बाख्रालाई लुछाचुँडी गरेर आफ्नो कब्जामा लिन प्रयत्न गर्छन् ।

 

 

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार