फोटो फिचर

दसैँका लागि गाउँ जानेहरूकाे भीड​ [फाेटाेफिचर]

अनुज बज्राचार्य |
कात्तिक ३, २०८० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- नेपालीहरूको महान चाड विजया दशमीका लागि गाउँ फर्किनेहरूको भीड लागेको छ । कोटेश्वर, कलंकी, बालाजु, नयाँ बसपार्क लगायतका क्षेत्रबाट गाउँ फर्किनेहरू उल्लेख्य रहेका छन् । नयाँ बसपार्कदेखि कोटेश्वर र कलंकीदेखि नागढुंगासम्म नै घर फर्किनेहरूको उल्लेख्य छन् ।


दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने गरेका छन् । घटस्थापनापछि झन्डै चार लाख यात्रुले उपत्यका छाडेका छन् । अझै यो संख्या दशमीको दिनसम्म नै बढ्दै जानेछ । हरेक वर्ष दशैँ, तिहार, छठ मनाउन काठमाडौँ उपत्यकाबाट घर छोड्नेहरूको संख्या उल्लेख्य हुने गर्दछ ।



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार