फोटो फिचर

चिटिक्क बबरमहल (फोटोफिचर)

अनुज बज्राचार्य |
मंसिर ६, २०८० बजे

काठमाडौँ - बबरमहल लण्डनको बकिङघम दरबारको स्वरूपमा चन्द्र शमशेरले निर्माण गरेका हुन् । वि.सं. १९७० सालमा उनले आफ्नो छोरा बबरसम्शेर राणाको निम्ति बबरमहल बनाएका थिए। सात हेक्टरभित्र रहेको बबरमहलको आन्तरिक साजसज्जामा युरोपेली शैलीको प्रभाव परेको पाइन्छ । वास्तुकारद्वय कुमार नरसिंह राणा र किशोर नरसिंह राणाले यसको डिजाइन गरेका हुन् । यो महल ईँट र गिलेवाबाट बनेको छ । १९९० सालको भूकम्पपछि १९९१मा बबरमहलको जीर्णोद्धार गरिएको थियो । २०७२ को भूकम्पले थिलथिलो बनाएको उक्त दरबारको जीर्णोद्धार गरेर अहिले चिटिक्क पारिएको छ ।

हेर्नुस् तस्विरमा




Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार