फोटो फिचर

फाेटाेफिचर

पर्यटनमन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गर्दै पशुपति क्षेत्रमा विरोध प्रदर्शन

अनुज बज्राचार्य |
पुस ५, २०८० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनहरूले आन्दोलन गरेका छन् ।​ बिहीबार उनीहरूले बुधबार मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा माग गरेका हुन् ।


विरोध प्रदर्शनमा सहभागीहरूले 'गैरजिम्मेवार मन्त्री बर्खास्त गर्', 'सुदन किराती राजीनामा दे', 'धार्मिक क्षेत्रमा गैर धार्मिक नियुक्ति बन्द गर्' लगायतका प्लेकार्ड बोकेर नाराजुलुस गरेका थिए ।

 

बुधबार मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा क्रिश्चियन धर्मलाई स्वीकार नगर्ने सबै देशद्रोही भएको आरोप लगाउँदै क्रिश्चियन धर्म नस्वीकार्नेहरूलाई जेलमा राख्नुपर्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर अहिले मन्त्री किराँतीको देशभर विरोध भइरहेको छ ।

 


 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार