फोटो फिचर

'अर्को विश्व सम्भव छ' [फोटोफिचर]

अनुज बज्राचार्य |
फागुन ३, २०८० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- विश्व सामाजिक मञ्चको १६औँ सम्मेलन बिहीबारबाट काठमाडौँमा सुरु भएको छ । बिहीबारदेखि विश्वका सीमान्तकृत समुदायको अधिकारका लागि आवाज उठाउने उद्देश्यले चार दिनसम्म सम्मेलन सञ्चालन हुनेछ । अर्को विश्व सम्भव छ भन्ने नाराका साथ सुरु भएको सम्मेलनको उद्घाटनका क्रममा भृकुटीमण्डपबाट रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपसम्म मार्चपास गरिएको छ ।


सो क्रममा पदयात्रामा न्याय, शान्ति, समानता, विभेदको अन्त्यलगायत सामग्री समेटिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरिएको थियो । सम्मेलनमा आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछुत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानुन, स्वास्थ्य, शिक्षा आदि विषयमा नागरिक आन्दोलनको भूमिबारे छलफल हुने बताइएको छ । ​



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार