फोटो फिचर

[फाेटाेफिचर]

काठमाडौँको अर्को समस्या पोलहरूमा झुन्डिएका तार

अनुज बज्राचार्य |
फागुन ८, २०८० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- काठमाडौँ​को मुख्य समस्याको रूपमा रहेको छ फोहोरको उचित व्यवस्थापन । यो समस्या हुँदाहुँदै काठमाडौँ​का सडक र मुख्य बजारमा रहेका पोलहरूमा अव्यवस्थित रूपमा झुन्डिएका तारहरू अर्को समस्याका रूपमा देखिएका छन् ।


यहाँका मुख्य बजार र सडकमा प्राधिकरण र टेलिकमका पोल छन् र तिनै पोलहरूमा असरल्ल अव्यवस्थित तरिकाले तार झुन्डिएका छन् । यस्ता तारहरूले आम सर्वसाधारणलाई अप्ठ्यारो त भएको छ नै यसले जुनसुकै समयमा ठूलो दुर्घटना पनि निम्त्याउन सक्छ । यी अव्यवस्थित झुन्डिएका तार व्यवस्थापन गर्नका लागि काठमाडौँ महानगरपालिका, विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले त्यति चासो दिएको जस्तो देखिँदैन ।

विद्युत् प्राधिकरणले जमिनमुनि पाइपभित्र तार राखिने योजना त ल्यायो तर उक्त योजना उचित रूपमा सञ्चालन हुन सकेको छैन ।

यी अव्यवस्थित केबल र तारहरूले काठमाडौँ सहरको सौन्दर्यलाई त हानी गरेको छ नै दुर्घटना र आगलागीको गम्भीर जोखिम पनि यसले निम्त्याएको छ । यो अनुगमनको जिम्मेवारी कसले लिने ? भन्ने प्रश्न स्थानीयवासीहरूसँग छ । तर, यसकी जवाफ भने आजसम्म कुनै निकायले दिएको जस्तो देखिँदैन । 

महानगरले सडकमा भएका अव्यवस्थित तारहरूको उचित व्यवस्थापन गर्न नसक्दा आम सर्वसाधारणलाई जोखिमपूर्ण अवस्था सिर्जना भएको स्थानीयहरूको गुनासो छ ।​



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार