फोटो फिचर

भृकुटीमण्डपमा नेपाल मेडिकल तथा ल्याब एक्स्पो (फोटोफिचर)

अनुज बज्राचार्य |
फागुन १८, २०८० बजे

तस्विर : अनुज बज्राचार्य

काठमाडौँ - भृकुटीमण्डपमा सातौँ नेपाल मेडिकल तथा ल्याब एक्स्पो सुरु हुने भएको छ । एसडी प्रोमो मिडियाले इइपिसी भारत र केमसान नेपालसँगको सहकार्यमा एक्स्पो आयोजना गरेको हो । एसडी प्रोमो मिडियाका प्रोजेक्ट प्रमुख अनुरोध परासरले नेपालको स्वास्थ्य क्षेत्रमा योगदान दिने उद्देश्यले नेपाल मेडिकल एन्ड ल्याब एक्स्पो आयोजना भएको बताए ।

शनिबारसम्म सञ्चालन हुने एक्स्पोमा सबैभन्दा ठूलो बिटुबी मेडिकल, डाइग्नोस्टिक, ल्याबरेटोरी तथा विश्लेषणात्मक समाधानको प्रदर्शनी रहेको छ । प्रदर्शनीमा नेपाल र भारतसहित विभिन्न आठ देशका उत्पादकले आफ्ना आठ सयभन्दा बढी ब्रान्ड र एक हजार बढी उत्पादन प्रदर्शनीमा राखिएको छ ।




Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार