फोटो फिचर

काठमाडौँ महानगरविरुद्ध कवाडी व्यवसायीको प्रदर्शन [फोटोफिचर]

अनुज बज्राचार्य |
फागुन २०, २०८० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- महानगरभित्र कवाडी व्यवसाय सञ्चालन गर्न नदिने काठमाडौँ महानगरपालिकाको निर्णयविरुद्ध कवाडी व्यवसायीहरूले आइतबार पनि काठमाडौँमा प्रदर्शन गरेका छन् ।


महानगरले कवाडी व्यवसायीमाथि दमन गरेर आतंक सिर्जना गरेको भन्दै उनीहरूले आइतबार महानगरको राष्ट्रिय सभा गृह अगाडि प्रदर्शन गरेका हुन् । उनीहरूले अनधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गर, अदालतको निर्णयको सम्मान गर, दमन बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

काठमाडौँ महानगरपालिकाको रिङरोड भित्रका कवाडी व्यवसाय हटाउने नीतिका विरुद्ध र महानगरपालिका भित्रका विभिन्न वडा कार्यालयहरूले कवाडी व्यवसाय दर्ता नवीकरण नगरेको भन्दै उनीहरूले आपत्ति जनाएका छन् । आफूहरूले प्रचलित कानुनबमोजिम दर्ता गरेर सरकारलाई तिर्नुपर्ने करसमेत तिर्दै आएको र कानुनबमोजिम दर्ता गरेर व्यवसाय गर्दै आएका व्यवसायीलाई निर्वाध रुपमा व्यवसाय सञ्चालन गर्न दिनुपर्ने उनीहरूको माग छ । 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार