फोटो फिचर

चिटिक्क पारिदैं पशुपति, साधुसन्त आइपुगे (फोटोफिचर)

अनुज बज्राचार्य |
फागुन २३, २०८० बजे

तस्विर : अनुज बज्राचार्य

काठमाडौँ - पशुपति क्षेत्र विकास कोषले शुक्रबार मनाइने महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

महाशिवरात्रिको पूर्वसन्ध्यामा बुधबार पशुपतिमा पत्रकार सम्मेलन गर्दै कोषले विभिन्न उपसमितिमार्फत महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । अहिलेसम्म पशुपतिनाथ क्षेत्रको सरसफाइ, सजावट, भक्तजनलाई सहज रुपमा मन्दिर दर्शन गराउने व्यवस्थापन पक्ष, सुरक्षा व्यवस्था लगायत सम्पूर्ण तयारी पुरा भएको कोषले जनाएको छ ।​


शिवरात्रि पर्वलाई विशेष रुपमा मनाउनकालागि कोष संचालक परिषदका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको संयोजकत्वमा महाशिवरात्रि पर्व व्यवस्था मूल समिति २०८० गठन गरि समितिमार्फत विभिन्न ८ वटा उपसमिति गठन गरिएको कोषका सदस्य सचिव राजु कुमार खत्रीले जानकारी दिए। 

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार