फोटो फिचर

भूकम्प गएको ९ वर्ष हुँदा पनि टेकोकै भर (फोटोफिचर)

अनुज बज्राचार्य |
बैशाख १२, २०८१ बजे

तस्बिर : अनुज बज्राचार्य

विसं २०७२ वैशाख १२ गते नेपालमा शक्तिशाली भूकम्प गयो । बिहान ११:५६ बजे गएको ७.८ रेक्टर स्केलको भूकम्पले करिब ९ हजार जनाले ज्यान गुमाए भने हजारौँ घाइते भएका थिए । गोरखाको बारपाकमा केन्द्रविन्दु भएपनि सबैभन्दा बढी मानवीय क्षति भने सिन्धुपाल्चोकमा भएको थियो । सिन्धुपाल्चोकमा मात्रै ३ हजार पाँच सय बढीले ज्यान गुमाएका थिए ।


नेपालमा शक्तिशाली भूकम्प गएको नौ वर्ष हुँदा पनि काठमाडौँमै व्यक्तिका घर र सार्वजनिक सम्पदाहरू पुनर्निर्माण हुन सकेका छैनन् । ती संरचनाहरू टेकोको भरमा अड्याइएका छन् । जसका कारण कुन दिन कस्तो दुर्घटना हुन्छ भन्ने अनुमाननै गर्न सकिँदैन । हेरौँ भूकम्प गएको ९ वर्षमा पनि टेकोकै भरमा रहेका घर तथा सम्पदाहरू । 

 

 

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार