फोटो फिचर

आरआर क्याम्पस अगाडि यसरी ओलीको पुत्ला जल्यो (फोटो फिचर)

इकागज |
असार १७, २०७८ बजे

काठमाडौँ : विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । बिहीबार प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि प्रधानमन्त्री ओलीको पुत्ला जलाउँदै विरोध प्रदर्शन गरेको हो ।

प्रतिनिधि सभा विघटन गर्दै प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप संगठनहरुले लगाएका छन् । क्याम्पस बाहिर प्रदर्शनमा उत्रेका विद्यार्थीहरुले पुत्ला दहन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरी र विद्यार्थीबिच केही समय घम्साघम्सी परेको थियो। प्रहरीले केही विद्यार्थी नेतालाई पक्राउसमेत गरेको छ ।


केपी ओली नेतृत्वको सरकारले महँगी बढाएको, जनताको न्युनतम आधारभूत आवश्यकता पुरा गर्न नसकेको बिद्यार्थी नेताहरुले जनाएका छन् । अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले प्रतिगमन नसच्चिएसम्म आन्दोलनलाई शसक्त बनाउने चेतावनी दिए । त्यस्तै नेविसंघका अध्यक्ष राजीव ढुंगानाले मुलुकलाई प्रतिगमनतर्फ जानै नदिनका लागि गरिएको प्रदर्शनका क्रममा बिद्यार्थीहरुलाई प्रशासनले दवाउन खाजेको आरोप लगाए ।

हेर्नस् तस्बिरहरू :



Author
थप समाचार