फोटो फिचर

दशैँमा होमियो देश (फोटोफिचर)

सरोज बैजु |
कात्तिक ३, २०७७ बजे

काठमाडौं : हिन्दु धर्म मान्ने नेपालीहरूको विशेष पर्व मानिन्छ दशैँ । आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवकासाथ मनाइने यो चाड यस वर्ष कात्तिक १ गतेदेखि सुरु भएको छ ।

यस वर्ष कोभिड–१९ नाम स्वास्थ्य संकटले विश्वलाई नै प्रभावित पारेको छ। जसले नेपाललाई पनि अछुतो राखेको छैन । यही कारण पनि यस वर्षको दशैँ नेपालीहरुका लागि उति उत्सहाजनक छैन। नेपाल सरकारले यस वर्षको फिजिकल दूरी कायम गर्दै मनाउन आग्रह गरिरहेको छ ।


दशैँ किंवदन्ती भन्छ- माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेकी हुन् । यही कल्याणको सम्झनामा हिन्दूहरुले दशैँ मनाउँछन् । यस वर्ष दैत्य महिषासुरको भेषमा कोभिड महामारी हाम्रासामु देखिएको छ। यसपटकको दशैं उक्त महामारीसँग लड्ने विश्वास छ ।

अर्कोतर्फ महामारीकै बिच नेपाल दशैंतिर होमिएको छ। सधैँझै बालबालिकाहरुले चङ्गा उडाउन थालेका छन्। बजारहरुमा किनमेलको भिडभाड बढ्न थालेको छ ।  

हेर्नुस्, घटस्थापनापछि राजधानीमा देखिएका दृष्यहरु :



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार