फोटो फिचर

फोटो फिचर

गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमानढोकामा भित्र्याइयो

अनुज बज्राचार्य |
असोज २६, २०७८ बजे

काठमाडौँ - गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमान ढोकास्थित दशैँघरमा भित्र्याइएको छ । नेपालीहरुको महान पर्व बडासैंको सातौँ दिन गोरखा दरवारबाट पठाइएको फूलपाती शास्त्रीय विधिअनुसार हनुमान ढोकास्थित दशैँ घरमा भित्र्याइएको हो । 


आज बिहान ८ः२५ को साइतमा गोरखा दरबारबाट निकालिएको फूलपाती अपरान्ह साढे ४ बजे बाजागाजासहित दशैँघरमा भित्र्याइएको छ । अशोक, बेल, दारिम, सामा, धान, उखु, केरा, जयन्तीका र हलेदो फूलपातीका रुपमा दशैँघरमा भित्र्याइएको हो । 

नवपत्रिकाको नामले चिनिने फूलपाती नौ देवीको प्रतिकका रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार देवीको आराधना गर्ने र शक्ति ग्रहण गर्ने परम्परा रहेको  । राज्य एकीकरणको अभियानमा पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय पाएपछि काठमाडौंलाई देशको राजधानी बनाएको र त्यसपछि गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमान ढोका ल्याउने प्रचलन शुरु भएको बताइन्छ । 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार