फोटो फिचर

एमालेको १० औँ महाधिवेशन विशेष

नारायणी पुलमा खचाखच, राजमार्गमा ट्राफिक जाम [फाेटाे फिचर]

अनुज बज्राचार्य |
मंसिर १०, २०७८ बजे

भरतपुर - नेकपा एमालेको १० औँ अधिवेशनमा सहभागी हुन देशभरबाट चितवन आएका महाधिवेशन प्रतिनिधि र सर्वसाधारणले गर्दा चितवनको नारायणी फुल खचाखच भरिएको छ । साथै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवन पूर्ण रुपमा ट्राफिक जामले भरिएको छ ।


महाधिवेशनका सहभागि हुने कार्यकर्ता र सर्वसाधारणको भिडले नरायणी नदीको पुल भरिएको छ । यो पुलको म्याद सकिइसकेको छ । म्याद सकिएको पुलमा क्षमताभन्दा बढी सर्वसाधारण पुग्दा जोखिम बढेको छ । 

२०३७ सालमा निर्माण भएको पुलको म्याद सकिएपनि पूलभरी मान्छे भरिएका कारण जोखिम बढेको विज्ञले बताएका छन् । तर पनि जोखिमलाई बेवास्ता गर्दै पुल भरी मान्छे खचाखच भरिएका छन् । साथै पुल वारीपारी मान्छेहरुले गर्दा ट्राफिक जाम बढेको छ । जामले गर्दा एकठाउँदेखि अर्को ठाउँसम्म पुग्नै हम्मेहम्मे परेको छ । 


 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार