फोटो फिचर

यस्तो छ फुलपाती भित्र्याउने सेनाको तयारी (फोटोफिचर)

सरोज बैजु |
कात्तिक ४, २०७७ बजे

काठमाडौं : हरेक वर्ष दसैंमा गोरखाबाट फुलपाती काठमाडौं ल्याइन्छ । फुलपातीका दिन सेनाले विशेष प्रस्तुति दिँदै फुलपातीलाई स्वागत गर्ने चलन छ । सोही कार्यक्रमका लागि मंगलबार काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा सेनाले अभ्यास गरेको छ । 


घटस्थापना देखि सुरु भएको अभ्यासको मंगलबार सेमिफाइनल राउण्ड सकिएको छ । बुधबार ५ कार्तिकमा सेनाका उच्च पदस्थहरुले सैनिकको तयारी हेर्ने कार्यक्रम  छ । 




Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार