फोटो फिचर

प्रधानमन्त्रीज्यू, डल्लो साबुन र पानीभन्दा कोरोनाविरुध्द खोपको कुरा गर्नुस्’

ऐना देखाएर विवेकशील पार्टीको प्रदर्शन (फोटो फिचर)

सुजल बज्राचार्य |
पुस २४, २०७७ बजे

काठमाडौं : विवेकशील पार्टीले संसद विघटन खारेज गर्न माग गर्दै ऐना देखाएर प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको माइतिघरमा संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै विवेकशील पार्टीले ऐना देखाएर प्रदर्शन गरेको हो ।


प्रदर्शनका सहभागीहरूले ‘असंवैधानिक संसद विघटन खारेज गर’ लेखिएको ब्यानर बोकेका थिए । साथै उनीहरूले ‘यो समय भ्याक्सिनको हो प्रधानमन्त्री ज्यू’ लेखिएको प्रतिकात्कम घडी पनि प्रदर्शन गरेका थिए । 

सो पार्टीले संसद विघटनको असंवैधानिक कदम नसच्चाएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएको छ । उनीहरूले लगातार १८ दिनदेखि विरोध प्रदर्शन गर्दै आएका छन् ।

तस्बिर : सुजल बर्जाचार्य



Author
थप समाचार