फोटो फिचर

बालुवाटारमा नागरिक आन्दाेलनमाथि प्रहरी दमन (फोटो फिचर)

सुजल बज्राचार्य |
माघ १२, २०७७ बजे

काठमाडौँ : प्रतिनिधि सभा विघटनको विरोधमा सोमबार नागरिक अगुवाहरुले गरेको ‘बालुवाटार मार्चपास’ मा प्रहरीले हस्तक्षेप गरेको छ ।  कमलपोखरी बचाउ अभियानका अभियन्ताहरुबाट माटोको टिका लगाएर कमलपोखरीबाट बालुवाटारसम्म मार्चपास गरेका नागरिकहरुलाई प्रहरीले लाठी चार्ज गर्दै पानीको फोहोरा,   धरपकड गरेकाे हाे । 

बृहत नागरिक आन्दोलनको निरंकुशता, स्वेच्छाचारिता र प्रतिगमनको बिम्ब बनेको बालुवाटारलाई चुनौती दिन बालुवाटारमै प्रदर्शन गर्ने कार्यक्रमको घोषणा गरेको थियो । ‘बालुवाटार मार्च’ कार्यक्रममा कवि, लेखक, कलाकार, संगीतकर्मी, बौद्धिक, पेशाकर्मी एवं नागरिक अभियन्ताहरुको सहभागी थियो । संसद विघटनलगायत सबै प्रकारका प्रतिगमनकोविरुद्ध सशक्त प्रतिकार गर्दै मुलुकलाई स्वस्थ र न्यायपूर्ण बाटोमा फर्काउन सडकमै प्रदर्शित हुनु आवश्यक रहेको भन्दै मार्चपासको आयोजना हो । 


 

 



Author
थप समाचार