फोटो फिचर

यसरी सुरु भयो कोभिड-१९ विरुद्धको खोप अभियान(फोटो फिचर)

लगाएकाले भने, खोप सुरक्षित छ, निश्‍चिन्‍त भएर लगाउनुस्

सुजल बज्राचार्य |
माघ १४, २०७७ बजे

काठमाडौं : बुधबारदेखि नेपालमा कोभिड-१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप अभियान सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल रूपमा खोप अभियानको शुभारम्भ गरेका हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीले कोरोनाविरुद्धको पहिलो खोप लगाएका हुन् ।



 कोभिड–१९ संक्रमणको रोकथाम तथा उपचारमा पहिलो घेरामा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीहरुका लागि खोप लगाउन सुरु गरिएको हो । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट सुरु भएको खोप लगाउने अभियान देशैभर सञ्चालन भएको छ । 

१० दिनसम्म सञ्चालन हुने यो अभियानमा करिब ४ लाख ५० हजार जनाले खोप लगाउन पाउनेछन् । पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मीहरुले खोप सुरक्षित रहेको भन्दै सबैलाई निश्चिन्त भएर खोप लगाउन आग्रह गरेका छन् । 

पहिलो खोप लगाएका शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारी, डा. अनुप बास्तोला र जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुणा झाले खोप लगाएपछि आफूहरूलाई केही पनि असर नदेखिएको भन्दै सुरक्षित भएर खोप लगाउन आग्रह गरे ।

 



Author
थप समाचार