बैंक-वित्त

तेस्रो चरणको आन्दोलन गर्ने सहकारी पीडितको चेतावनी

इकागज |
जेठ ९, २०८१ बुधबार १५:४८:१६ बजे

फाइल फाेटाे

काठमाडौँ - सरकारले आफुहरुसँग भएको सहमति कार्यान्वयन नगरेको भन्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले सरकारले कुनैपनि सम्झौता कार्यान्वयन नगरेको कारण तेस्रो चरणको आन्दोलन घोषणा गरिएको जनाएको हो ।


महासंघका अध्यक्ष कुस्लभ केसीले सरकारले आफूहरुसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको बताए । जेठ ११ गते ११ बजे माइतीघर मण्डलाबाट तेस्रो चरणको आन्दोलन सुरु हुने र रिले अनशन सुरु गर्ने उनले बताए । 

सहकारी पीडितहरुको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्त रुपमा अगाडि बढ्ने उनको भनाइ छ । उनले आफूहरुले तत्कालीन भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीसँग विभिन्न सम्झौता गरेपनि अहिलेसम्म ती सम्झौता तथा सहमति पालना नभएको आरोप लगाए । 

उनीहरुले सहकारी पीडितहरुले न्याय नपाए न्याय नपाए देशभरका सहकारी पीडितहरुले चुनाव बहिस्कार गर्ने चेतावनी दिएका छन् । 


Author

थप समाचार
x