अर्थ / बाणिज्य

शनिबार फ्रेस केटीएमको आउटलेटमा ५० रुपैयाँमै चाहेजति नेपाली खरबुजा खुवाइने

इकागज |
जेठ ११, २०८१ शुक्रबार १८:३२:८ बजे

काठमाडौँ- अहिले गर्मीको मौसम छ । गर्मी महिनामा धेरैले रुचाउने फलफूलमध्ये एक हो खरबुजा । तपाईँलाई पनि खरबुजा खान मन लागेको छ होला । उसो भए जेठ १२ गते अर्थात् भोलि शनिबार फ्रेस केटीएमले ५० रुपैयाँमा ग्राहकलाई चाहेजति नेपाली खरबुजा खुवाउँदैछ । 

खरबुजा फ्रेसकेटीएमको आफ्नै उत्पादन हो । नेपाली उत्पादनलाई प्रोत्साहन स्वरूप फ्रेस केटीएमले ग्राहकलाई ५० रुपैयाँमा चाहेजति खरबुजा खुवाउने भएको हो ।


फ्रेस केटीएमको आउटलेटमा ग्राहकले ५० रुपैयाँमा चाहेजति खरबुजा खान पाउने भएका हुन् । यो अफर झम्सीखेल, रातोपुल र भैसेपाटीका ग्राहकले पाउने फ्रेस केटीएमले जनाएको छ ।

फ्रेस केटीएमका अनुसार ग्राहकहरूले  यो सुविधा भोलि बिहान ९ देखि साँझ ६ बजेसम्म पाउने छन् । पछिल्लो समय फ्रेस केटीएमले विषादी नियन्त्रित खरबुजा लगायतका विभिन्न तरकारीहरू आफैँ उत्पादन गर्दै आइरहेको छ । 

गर्मी मौसम भएकाले ग्राहकलाई राहत मिलोस् र नेपाली उत्पादनको बारेमा जानकारी दिन सकियोस् भनेर सस्तो मूल्यमा उपलब्ध गराउन लागेको हो ।

 

विषादीरहित नेपालमै उत्पादित कृषि थोकलाई फ्रेस केटीएमले प्रोत्साहन गर्दै आइरहेको छ । फ्रेस केटीएमले रौतहटमा सय बिघा क्षेत्रफलमा तरकारी तथा फलफूल उत्पादन गरिरहेको छ ।

फ्रेस केटीएमले रौतहटमा आफैँ मल उत्पादन गरी एकीकृत कृषि सञ्चालन गर्दै आइरहेको छ । ठूलो संख्यामा पाडा पालन गरी जैविक मलसमेत उत्पादन गरिरहेको छ ।

२०७८ भदौमा फ्रेस केटीएमको रातोपुलमा पहिलो आउटलेट स्थापना भएको थियो । न्यून रासायनिक पदार्थ प्रयोग भएका तरकारी र फलफूल किसानबाट सिधै खरिद गरी खुद्रा बिक्रेता माझ पुर्‍याउने उद्देश्यले युवाहरूले यो व्यवसाय सुरु गरेका थिए । 

छोटो समयमै लोकप्रिय बनेको नेपाली स्टार्ट अप कम्पनी फ्रेस केटीएमले नेपालको कृषि क्षेत्र र नेपालीको स्वास्थ्यमा परिवर्तन ल्याउनका लागि महत्त्वाकाङ्क्षी योजनासहित आक्रामक रूपमा अगाडि बढिरहेको छ ।

 

 


Author

थप समाचार
x