घटना-दुर्घटना

नुवाकोटको स्कुल बस दुर्घटना प्रकरणः चालक हिरासतमै, एक जना घाइते ग्राण्डीमा उपचाररत

इकागज |
जेठ ९, २०८१ बुधबार १५:५३:२ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- करिब दुई साताअघि नुवाकोटमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भयो । गत वैशाख २५ गते बेलकोटगढी नगरपालिका- ८ शिरखालीमा स्कूल बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु र अन्य दुई जना घाइते भएका थिए ।

देवीघाटबाट काशीटारतर्फ जाँदै गरेको अर्किड एकेडेमी स्कुलको नुवाकोटमा अन्दाजी ५ बजे बा ३ ख ३७२२ नम्बरको स्कूल बस र सोही दिशामा जाँदैको बागमती प्रदेश ०२-०४६प १५२९ र बागमती प्रदेश ०२-०४४ प ३६९२ नम्बरको मोटरसाइकल ठोक्दिँदा काठमाडौँका २७ वर्षीय रुविन रावल र ललितपुरका २६ वर्षीय स्वीकार रानाको मृत्यु भएको भएको थियो ।


२७ वर्षीय रितिक तिवारी र २५ वर्षीय उपकार थापा घाइते भएका थिए । ‘घाइतेहरूलाई तत्कालै ग्रान्डी अस्पताल लगी उपचार गरिएको थियो,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तिलक भारतीले भने । उनका अनुसार उपकार थापाको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।  

बस चालकलाई मुद्दा चलाइएको भारतीले बताए । चालकलाई हिरासतमा राखेको दुई साता भइसकेको उनको भनाइ छ । चालकलाई सवारी ज्यान सम्बन्धी मुद्दा चलाएर हिरासतमा राखिएको उनले बताए ।

र, याे पनि

नुवाकोटमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, २ जना घाइते

 

 

 


Author

थप समाचार
x