घटना-दुर्घटना

खोलामा बगेर दुईजना बेपत्ता

इकागज |
जेठ १४, २०८१ सोमबार ११:१० बजे

दार्चुला - दार्चुलाको मार्मा गाउँपालिकामा खोलामा बगेर दुईजना बेपत्ता भएका छन् । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार गए राति मार्मा गाउँपालिका–५  मुरैस्थित गन्याड खोला तर्ने क्रममा बगेर स्थानीय २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन विक बेपत्ता भएका हुन् । दुवैजना नातामा काकी भतिजा पर्छन् । 


अत्यधिक वर्षापछि खोलामा आएको बाढीले दुबैजनालाई बगाएको मार्मा गाउँपालिका–५ का वडाअध्यक्ष सुरेन्द्र महताले जानकारी दिनुभयो । बेपत्ताको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथको टोली घटनास्थलमा खटिएको छ । 
 


Author

थप समाचार
x